जुम्ला । हिमा गाउँपालिका–३ मोफ्लाको एक फर्निचर उद्योगमा आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको छ । राहदेव फर्निचर उद्योगमा शुक्रबार बिहान भएको आगलागीबाट १६ लाख ११ हजार ३ सय बराबरको क्षति भएको हो ।
उद्योगमा जडान गरिएको विद्युत् चुहिएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए । आगो राति लागेकाले मानविय क्षति भने भएको छैन । आगलागीबाट फर्निचरसँगै गोदामघर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेर नष्ट भएको बताइएको छ।










