रौतहट । राजपुर बम काण्डका दोषी एवं पूर्वमन्त्री आफताव आलमको घरमा प्रहरीले छापा मारेको छ । रौतहटस्थित पूर्वमन्त्री आलमको घरमा प्रहरीले बिहीबार राति खानतलासी गरेको हो ।बमकाण्डका फरार अभियुक्त पूर्वमन्त्री आलमका भाइ महताब आलमलाई पक्राउ गर्न प्रहरीले आलमको घरमा छापा मारेको थियो तर आलमलाई प्रहरीले घरमा भेटेनन् ।

आलमलाई पक्राउ गर्न गएका प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । ठूलो संख्यामा जम्मा भएका स्थानीयले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजपुर बमकाण्डका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् । उनीहरुको खोजी कार्य तिव्र पारिएको एसपी खड्काले बताउनुभयो ।