काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्या अर्यालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राष्ट्रपति नन्दबहादुर पुनलाई प्रदान गर्नुभयो ।

उपराष्ट्रपति भवन, हरितगृहमा मन्त्री अर्यालले नेपालको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा उपराष्ट्रपति पुनलाई प्रदान गर्नुभएको हो ।उपराष्ट्रपति पुनले नेपाली जनताका लागि गौरवपूर्ण र ऐतिहासिक निर्णयका लागि सरकारलाई धन्यवाद दिनुभयो।