काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधव ढुंगेल पुनः नियुक्त हुनुभएको छ। २०७५ फागुन १९ गतेदेखि परिषदको उपाध्यक्षका रुपमा काम गरिरहेका ढुंगेललाई मन्त्री परिषदको सोमबारको बैठकबाट पुनः नियुक्त गरिएको हो ।
ढुंगेलको कार्यकाल गत फागुन १८ गते सकिएपश्चात खाली परिषद्काे कार्यकारी उपाध्यक्षको पदमा सरकारले ढुंगेललाई नै पुनः नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित २ विज्ञसहितको सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गरेपछि ढुंगेल परिषदमा पुनः नियुक्त हुनुभएको हो ।
अनेरास्ववियूका पुर्व अध्यक्षसमेत रहनुभएका ढुंगेल सत्तारुढ नेपाल क्म्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य पनि हुनुहुन्छ । सरकारले २०७२ मा मुलुकको युवा क्षेत्रमा काम गर्न सहज होस भनेर परिषद् गठन गरेको थियो ।










