रुकुम। भेरी नदीमा हराएका जाजरकोटका तीन युवाको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ। सशस्त्र प्रहरी बलको जाजरकोट स्थित आश्रित गुल्मबाट डीएसपीको नेतृत्वमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल ४७ नं गुल्म पश्चिम रुकुमबाट सईको नेतृत्वमा ४ जना बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन गरिएको हो।
शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा तीन जनाको शव फेला परे पनि तीन जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा वडा नं ४ का सन्दीप विक रहेका छन्।
शनिबार चौरजहारीमा केटी भगाउन गएका जाजरकोटका युवालाई स्थानीयले लखेट्दै नदीमा पुर्याएका थिए। भाग्ने क्रममा बेपत्ता तीन जनाको शव भेटिएको छ भने तीन जना अझै बेपत्ता छन्।










