जनकपुरधाम। प्रदेश २ मा कोरोनासंक्रमितको संख्या ह्वातै बढेको छ । आज मात्रै प्रदेश २ मा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितहरु सबै भारतबाट आएका हुन ।










