काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको रचनालाई गणतन्त्र दिवसको अवसर पारेर अन्तरा समूहले भिडियोमार्फत सार्वजनिक गरेको छ ।
लकडाउनको अवधि भएकाले यसको सम्पूर्ण काम मोबाइल प्रविधिमार्फत भएको निर्माण पक्षले खुलानेपाललाई जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले केही अघि रचेको यो गीतमा युवालाई स्वदेशमै अवसर अव आउने भएकाले परदेश नलाग्न भनिएको छ ।
मन छुने शब्द रहेको यो गीतमा सञ्जय तुम्रुक, दुर्गा परियार र श्रेयषी चेम्जोङको स्वर छ । अभिनय भने सावन श्रेष्ठ ,सौहार्द राईले गरेका छन् ।
यसका एरेन्जर अन्तरा समूहका संयोजक अशोक राई हुन् । गीतमा मौलिक बाजा र भेषभूषा प्रयोग गरिएका छन् ।
सामाजिक सञ्जालमार्फत यो गीत आज गणतन्त्र दिवसकै दिन सार्वजनिक भएको हो । एक हप्तामा तयार भएको र मोवाइलबाटै बनाइएको जानकारी दिँदै लकडाउनपछि भने यसलाई बढी स्तरीय पारिने बताइएको छ ।
https://youtu.be/ZPPPZp93yz8










