काठमाडौं। सरकारले उत्पादनमूलक उद्योगहरुलाई लकडाउन अवधिभर डिमान्ड शुल्क र माग कम हुने समयमा विद्युतको शुल्क ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

डिमान्ड शुल्क छुट हुनुपर्ने व्यवसायीहरुले माग गर्दैआएका बेला सरकारले यस्तो घोषणा गरेको हो। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा यस्तो उल्लेख गर्नुभएको हो ।