काठमाडौं। सरकारले साना तथा मझौला सिँचाइ आयोजना अघि बढाउने भएको छ। सरकारले बजेटमा समृद्ध तराइ मधेश कार्यक्रम अन्तरगत स्यालो ट्युबेल र डिप ट्युबेलका लागि २ अर्ब ३२ करोड विनियोजन गरेको छ।

त्यस्तै सरकारले महाकाली सिँचाइ आयोजनालाई १० अर्ब बिनियोजन गर्दै राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण मार्फत यस्तो घोषणा गर्नु भएको हो ।