काठमाडौं। सरकारले सबै स्थानीय तहमा खाद्य भण्डारण कक्ष स्थापना गर्ने भएको छ। सरकारले आर्थिक वर्षको बजेटमार्फत संघ, प्रदेश र स्थानिय तहमा गरी ३ लाख १० हजार मेट्रिकटन क्षमताको भण्डारण स्थापना गर्ने लक्ष्य लिएको छ।

योसँगै ती स्थानहरुमा व्यवसायिक बिक्रीकेन्द्र पनि स्थापना गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण मार्फत उल्लेख गर्नु भएको हो ।