काठमाडौं। सरकारले चार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी वर्ष खर्च गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि यो रकम विनियोजन गरिएको हो। यसका अतिरिक्त आन्तरिक विमानस्थल निर्माण र स्तरोन्नतिको घोषणा पनि बजेट मार्फत गरिएको छ।










