काठमाण्डौ। सरकारले आउँदो आर्थिक वर्षमा तीन सय पालिकामा भूमि बैंक स्थापना गर्ने भएको छ । बाँकी पालिकाहरुमा पनि यो प्रणाली बिस्तारै विस्तार गर्दै लैजाने योजना रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले उल्लेख गर्नु भयो ।

बजेट भाषणका क्रममा मन्त्री खतिवडाले सरकारी स्वामित्व बाहेकका जग्गालाई निश्चित समयका लागि लिजमा दिने गरी भूमि बैंकको स्थापना गर्न लागिएको बताउनु भयो । त्यस्ता जग्गामा कृषि गर्नेका लागि कृषि सामग्रीमा सहुलियत दिने व्यवस्था मिलाइएको छ । त्यसका लागि सरकारले आउँदो आर्थिक वर्षका लागि सामग्रीमा सहुलियत दिन ५० करोड रुपैयाँ विनियोजन समेत गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै मुक्त कमैया, सुकुम्बासीलगायतका लागि जीविकोपार्जन सम्बन्धी कार्यक्रम पनि ल्याइने मन्त्री खतिवडाले उल्लेख गर्नु भयो । यस्तै महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियतको व्यवस्था गरिने भएको छ ।