काठमाडौं। सरकारले कोरोना भाइरसको प्रभावका कारण रोकिएका सार्वजनिक यातायातलाई राहत दिने घोषणा गरेको छ। आर्थिक वर्ष २०७७।७८को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले छुटको घोषणा गर्नु भएको छ ।
यातायात क्षेत्रमा परेका प्रभाव न्यून गरी पुनः सञ्चालनका लागि बैंक कर्जामा सहुलियत, रुट परमिट नवीकरणमा छुट दिने व्यवस्था मिलाइएको उल्लेख गर्नु भयो।










