काठमाडौं । सुनसरीको इटहरीमा बाबुबाटै छोरी बला'त्कृत भएकी छन्। इटहरीका अवकाश प्राप्त शिक्षक बाबुबाट झड्केली छोरी बला'त्कृत भएकी हुन् । बला'त्कार आरोपमा शिक्षक पक्राउ परेका छन् । आफ्नै बाबुबाट पटक–पटक बला'त्कारको शिकार भएको भन्दै १६ बर्षीया ती छोरीले गुहार गरेकी थिईन् ।

छोरीको गुहारपछि शिक्षकलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।