काठमाडौं । काठमाडौंको बालाजुमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको हो ।
दुर्घटनामा बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र २५ वर्षीय धनबहादुर बुढाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो। मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।










