रौतहट। रौतहटमा प्रहरीले हवाई फायर गरेको छ। कोरोना संक्रमितलाई अस्पताल लैजान स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाइ फायर गरेको हो । रौतहटको इशनाथ नगरपालिका ७ को क्वारेन्टाइनमा रहेका २ जनालाई लिन पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका थिए। यसअघि १४ जनालाई बिहीबार साँझ लगिएको थियो।
उक्त क्वारेन्टाइनमा ३ सय जना रहेको नगर प्रमुख सन्तोष मेहेताले जानकारी दिनु भयो। उनीहरु सबै भारतबाट आएका हुन्। कोरोना संक्रमितलाई प्रहरी अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा पठाइने मेहेताले बताउनु भयो।
यसअघि बाँकेको नरैनापुरमा पनि स्थानीयले संक्रमितलाई आइसोलेसनमा लैजान अवरोध गरेपछि सेना परिचालन गरिएको थियो। त्यहाँ निषेधाज्ञा जारी छ।










