जनकपुर । नेपाल–भारत सिमाक्षेत्र पर्ने धनुषाको दक्षिणवर्ती क्षेत्र जटही सीमा नाका स्थानीय प्रशासनले बन्द गरेपछि भारत जाने सयौँ मजदूरहरु बिचल्लीमा परेका छन् । गत बुधवार धनुषाका एक युवकको मृत्यु भएपछि बिहीवार जिल्ला प्रसाशन कार्यालय धनुषाले धनुषाको जटही र खजूरी नाका अनिश्चितकालका लागि बन्द गरेको छ ।नेपालको विभिन्न स्थानबाट मजदुरी गर्दै आएका भारतीय नागरिकहरु आफ्नो देश फर्किन भनेर बालबालिका सहित स–परिवार धनुषाको जटही नाकामा पुगेका छन् । तर नाकाबाट भारत तर्फ प्रवेश गर्न लागेको देख्ने वित्तिकै भारतीय सीमा सुरक्षा बलले लखेटेपछि अहिले उनीहरु दशगज्जा क्षेत्रमै अलपत्र परेका छन् ।

टन्टलापुर घाममा ओत लाग्ने ठाउँको व्यवस्थाको अभावमा रुखमै ओत लागेर घर जानका लागि करिब साढे ३ सय भारतीय नागरिक अलपत्र परेका छन् ।भारतीय एसएसबी फोर्सले घर जानका लागि भारत तर्फ प्रवेश गर्न नदिएको भन्दै जटही नाकामा पिडा खेपिरहेका भारतीय नागरिकले भारत सरकारको कडा आलोचना समेत गरेका छन् । आफूहरु भारतीय नागरिक भएपनि भारत सरकार भन्दा नेपाल प्रहरी र स्थानीवासीले नै खान बस्न प्रबन्ध गरेको उनीहरु बताउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौँ लगायत विभिन्न ठाउँका ईटा भट्टामा कार्यरत सयौँ मजदूरलाई सीमानाकामा खटिएका भारतीय सीमा सुरक्षा बलले हातपात तथा गाली गलौज गर्दै मध्यरात दुव्र्यवहार गरेको मजदूरहरुले भारतीय एसएसबीमाथि आरोप समेत लगाएका छन् ।भारतको बिहार दरभंगा जिल्लाका किरब ३ सय भन्दाबढी मजदुर आ–आफ्ना परिवारजनसहित सीमा क्षेत्र अवस्थित नेपाली भूमिमा शरण लिन बाध्य छन् । भोजन र पानीको व्यवस्था नेपालीहरुले नै गरि दिएको तर राति बस्ने स्थान नरहेकोले भारतीय मजदूर चिन्तित छन् ।

नेपाल प्रवेश गर्न तथा नेपालबाट भारत जानका लागि महोत्तरीको भिठ्ठामोड नाका र सिरहाको माडर नाकाबाट मात्रै व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेलले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले– भारतीय पक्षले जान दिने वा न दिने त्यो म भन्न सक्दिँन, तर भारतबाट नेपाल धनुषा आउनेको हकमा भिठ्ठामोड र सिरहाको माडर नाका नै प्रयोग गर्दा हुन्छ ।जटही सिमानाका स्थित दशगज्जा क्षेत्रमा दुधेबालबालिका देखि बयोवृद्धसम्म अलपत्र परेका छन् । जटही नाकामा उनीहरुलाई सशस्त्र प्रहरी र स्थानीयवासीले भोजन र नास्ताको व्यवस्था गरेको छ । स्थानीय राजु चौधरीको पहलमा जटही नाकामा भोजन सहितको व्यवस्था गरिएको छ ।