शुक्रबार जेठ १७ गते दमक नगरपालिका वडा नम्बर १० मा अवस्थित इन्द्रेणी तालमा वृक्षारोपण भएको छ। दमक १० का वडाध्यक्ष बोधराज न्यौपाने, इन्द्रेणी ताल व्यवस्थापन समितिका अध्यक्ष देवि प्रसाद दहाल, सामाजिक व्यक्तित्व राम बहादुर बस्नेत साथै स्थानीय युवाहरुको सहभागीतामा भएको उक्त वृक्षारोपणमा ३०० बिरुवा रोपिएको थियो। त्यसैगरी आज पनि दिउसो ३ बजेदेखि विरुवा रोप्ने कार्यक्रम रहेको छ।

इन्द्रेणी ताल परिसरमा स्थानीय युवाहरूको अग्रसरता, स्थानीय इन्द्रेणी युवा क्लवको सहकार्य तथा दमक नगरपालिकाको सहयोगमा कपुर, चमेली , रातो र निलो फूल्ने शिरीष, निम, जामुन, म्याङगो मिष्ठान लगायत विभिन्न प्रजातिका ७०० विरुवा हुर्काउने योजनाका साथ काम भैरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इन्द्रेणी ताल दमक नगरपालिकामा अवस्थित छ। यो ताल २.५ किमि लम्बाइमा नागबेली भएर फैलिएको छ। कुनै समय पुर्वान्चलमा पर्यटकिय स्थलको रुपमा चर्चा कमाएको भएपनी स्थानीय सहभागिता र लगानीको अभावमा उक्त तालको उचित संरक्षण र प्रचार हुन नसकेको स्थानीयवासी बताउछन।

विगत केही बर्षदेखी भने ताल वरिपरि बाटो र बाँध निर्माण कार्य भैरहेको छ भने यसपालि बिरुवा रोपेर ताललाइ मनोरम बनाउने काम हुदैछ। केही बर्ष भित्र पुनः इन्द्रेणी ताल दमकको निम्ति पर्यटकीय गन्तव्य बन्ने आसा गर्न सकिन्छ।