कीर्तिपुरमा कुखुरा खान फार्ममा छिरेको चितुवालाई नियन्त्रणमा लिइएको छ । शुक्रबार बिहान कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँस्थित हमाल तामाङको कुखुरा फार्ममा चितुवा पसेको थियो। फार्ममा चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सदर चिडियाखाना जावलाखेल र प्रहरीको संयुक्त टोलीले चितुवालाई नियन्त्रणमा लिएको हो।
चितुवा कुखुरा खान पसेको रहेछ,'महानगरीय प्रहरी वृत्तका डिएसपी छेदीलाल कामतीले भने,'जावलाखेलको टोलीले नियन्त्रणमा लिएको छ । फार्मबाट कुखुरा घट्दै गएको थाहा पाएपछि चितुवा समात्न पासो लगाइएको थियो । चितुवालाई अहिले चिडियाखाना लगिएको छ।












