काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। तर उसले एमसिसीबारे ठोस निर्णय गर्न सकेन् । बैठकमा तत्काल एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको खण्डमा त्यस अनुसार हुने र यदि संसदले अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाको बारेमा सोचेर अगाडि बढ्ने कुरामा भने सहमति जुटेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बारे बैठकमा स्पष्ट पारेको भन्दै प्रबक्ता नारायणकाजी श्रेष्ठले संसदमा पनि खतिवडाले त्यसै अनुसार स्पष्ट पार्ने जानकारी दिनुभयो। विशेषगरी बिहीबार संघीय संसदमा प्रस्तुत बजेटमा एमसिसीबाट प्राप्त सहयोग परिचालन गर्ने भनेर गरिएको व्यवस्थामाथि छलफल भएको प्रबक्ता श्रेष्ठले बताउनु भयो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वहाँले भन्नु भयो आवश्यक स्पष्टताको निम्ति छलफल भयो। एमसिसीको प्रस्ताव अहिले संसदमा विचराधीन छ। बजेटको त्यो व्यवस्था पनि त्यही अनुसार नै हुने स्पष्ट पारिएको छ।

आजको सचिवालय बैठकमा खतिवडाका साथै प्रदीप ज्ञवाली र डा.भीमबहादुर रावलको पनि उपस्थित थियो। बैठकलाई अनौपचारिक भनिएको छ।