काठमाडौं । भक्तपुरको मध्यपुरठिमीमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा सिन्धुपाल्चोकको कदमबास घर बताउने २१ वर्षीय सचिन तामाङ पक्राउ परेका छन् । तामाङलाई शनिबार बिहान करिब सवा २ बजेतिर मध्यपुरठिमी नगरपालिका ६ बाहखा बजारस्थित सन्जिब चित्रकारको घरको भुइँतलामा रहेको एटिएम मेसिन फुटाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
तामाङको साथबाट १ थान ह्याम्बर, १ थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर ९डण्डी० बरामद गरिएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिपक गिरीले जानकारी दिनुभयो । तामाङलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत ठिमीमा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी गिरीले जानकारी दिए ।










