झापा । झापा र इलाम जोड्ने दमक नगरपालिका १ स्थित निर्माणाधीन रतुवा पुल नजिकै शनिवार साँझ एउटा यात्रुवाहक जिप खोलाले बगाएको छ । खोलाले जिप बगाए पनि यात्रु भने सकुशल रहेको जनाइएको छ ।

दमक वडा नम्बर २ का वडाध्यक्ष प्रजापति सापकोटाले साँझ सामाजिक सञ्जाल फेसबुकमा फोटो अपलोड गर्दै यो जानकारी दिएका छन् । साँझ एक्कासि खोलामा बाढी आउँदा यस्तो घटना घटेको हो । विस्तृत विवरण आउन बाँकी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड