इटहरी । इटहरी तरहरामा ग्याङ फाइट हुँदा एक जनाकाे मृत्यू भएकाे छ । इटहरी वडा नं. २० तरहरा स्थित एकता टोलमामा हिजो राती करिब ९ बजेतिर ग्याङ फाइट हुँदा राजन राईकाे मृत्यू भएकाे हाे । राजन राई र प्रज्वल तामाङको समूहबीच झडप भएकाे थियाे । राईकाे शरीरभरि छुरा प्रहार भएकाे र उनकाे उपचारकाे क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
छुरा प्रहार गरी प्रज्वल तामाङ समुह फरार रहेकाे छ। घटनामा सम्लग्न आधा दर्जन बढी संलग्न रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ । पुर्बेली न्यूज बाट साभार










