दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका ३९ जनाको स्वावको रिर्पोट आउन ढिलो भएको छ । हिजो रिपोर्ट आउने भनिएपनि कोशी अस्पतालको प्रयोगशालाको मेशिनमा समस्या आएकाले रिपोर्ट आउन ढिलो भएको दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले सवाल नेपाललाई जानकारी दिनुभएको छ।
वहाँका अनुसार ३९ जनाको पिसीआर स्वाव पठाइएको छ । उनीहरु दमकका क्वारेन्टाइनमा रहेका भारतबाट आएका नागरीक तथा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर खटिएका कर्मचारीहरु हुन् । भाइरस परीक्षणका लागि ३ दिन अघि स्वाव प्रदेश १ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला कोशी अस्पताल पठाइएको थियो ।










