कोभिड– १९ संक्रमणपछि रोजगारी गुमाएका तथा अन्य विभिन्न प्रयोजनका लागि विदेश पुगेर अलपत्र परेका नेपाली नागरिकलाई लिएर आज (शुक्रवार) विहान ११ बजे म्यानमारबाट २६ जना नेपाली लिएर म्यानमारको सेनाको एयरफोर्स आउन लागेको छ ।
‘विहान ९ आउने भन्ने थियो तर सरेर ११ बजे आउने भएको छ । त्यहाँको सेनाको एयरफोर्स मार्फत आउन लागेको भन्ने जानाकारी छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रामकृपाल शाहले भने ।
विदेशमा रहेर समस्यामा परेका नेपालीलाई ल्याउने तयारी सरकारले गरेसँगै आज पहिलो उडान म्यानमारबाट जहाज नेपाल आउन लागेको एसएसपी शाहले बताए । दुवईबाट आउने विमान एयर अरेबियाबाट ३ बजे १७० जना नेपाली लिएर आउँदै छ ।










