काठमाडौं। म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा लगिएको छ । उनीहरुलाई नेपाली सेनाले त्यहा लगेको हो ।
सैनिक स्रोतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि म्यानमारबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्ने जनाइएको छ ।










