काठमाण्डौं। कोरोना भाइरस कोभिड १९ को कारण विदेशमा अलपत्र परेका नेपाली ल्याउन अन्तराष्ट्रिय उडान गर्दै अएका दुई कम्पनीले विदेशमा रहेका नेपाली ल्याउन उडानका लागि तयार रहेको जनाएका छन् । व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार चार वटा जहाज उडानको लागि तयार रहेको जनाएका हुन्।
दुवै एयरलाइन्सले भाडादर र दैनिक नेपाली ल्याउन सकिने विवरणसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रस्ताव पेश गरेका छन्।
नेपाल एयरलाइन्सको २ वटा वाइडबडी छ भने २ वटा न्यारोबडी जहाज छ। त्यस्तै हिमालयको ४ वटा न्यारोबडी जहाज छन्। तर विदेशबाट नेपाली ल्याउन लाग्ने भाडा तय भइनसकेको र कुन कुन जहाजबाट ल्याउने भन्ने निर्णय पनि भैसकेको छैन् ।










