पोखरा। गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १० जना, कास्की र पूर्वीनवलपरासीमा ३-३ जना तथा बागलुङमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७५ पुगेको छ ।










