काठमाडौं। भोली देखि सरकारले लकडाउन खुकुलो बनाउने भएको छ ।  कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको छ ।

सोहि मस्यौदा अनुसार हालसम्म एक सय जना भन्दा कम कोरोना भाइरस संक्रमित देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी गरिएको छ ।जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ । तर, असार १ गते पछि भने लामो दूरीका यातायात पनि संचालन गर्ने तयारी गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहि दिन अघि लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा प्रधामन्त्री केपी ओलीले विज्ञहरूसँग परामर्श गर्नु भएको थियो । लकडाउनको अबधि मात्र बढाएको भन्दै सरकारको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्नु भएको थियो । गत चैत ११ गतेबाट जारी लकडाउनको पछिल्लो पटकको म्याद यहि जेठ ३२ गते सकिंदैछ ।