बैतडी। भारतबाट आएर बैतडीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका उनको मृत्यु भएको हो ।

उनी सोहि वडाको सन्तोलि घर भएका ३१ वर्षीय युवा हुन् । उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनी हिजो विहान मात्र भारतको बेंगलोरबाट आएर सिधै क्वारेन्टाइनमा बसेका थिए । उनीसँगै बेंगलोरबाट अरु १३ जना पनि हिजो बिहान देखी नै भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन् ।

साँझ साढे ६ बजेतिर उनी एक्कासि बेहोस भएका थिए । त्यसपछि उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर उनको मृत्यु भएको अस्पताल श्रोतले बतायो । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएको छ ।