पोखरा। पोखरामा उपचार गराइरहेका स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गरेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेशनमा भर्ना गरिएका पुरुषको आज बिहान मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारीक पुष्टि गरिसकेको छैन । नेपालमा कोराना संक्रमितको संख्या हिजो सम्म ३ हजार ४ सय ४८ पुगेको छ ।










