अछाम। अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै जिउँमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । अस्पतालको सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले आज विहान आफ्नै जिउँमा आगो लगाएर आत्मदाहको प्रयास गरेको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभएको छ ।

उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको पनि पौडेलले जानकारी दिनु भयो ।