दमक। झापाको दमकमा नेताहरुको फोटो टाँसेर फुट्बल खेलेर एमसीसीको विरोध गरिएको छ । दुई दलीय व्यवस्था , राइट टु रिजेक्ट , राइट टु रिकल , प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लगायतका मुद्दाहरु स्थापित गर्नको निम्ति संगठित भैरहेको स्वतन्त्र राष्ट्रिय अभियान नेपालले यस्तो फरक शैलिको फुट्बल खेलेर एमसीसीको विरोध गरेको हो । झापाको दमक १० मा उनीहरुले नेताहरुको फोटो टाँसिएको फुटबल खेलेर एमसीसीको विरोध गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि, नेपालका प्रधानमन्त्री केपि शर्मा ओलि, नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड , बाबुराम भट्टराई , शेरबहादुर देउवा, सरिता गिरि , राजेन्द्र महतो लगायत नेताहरूको फोटो फुटबलमा टासेर खेलिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री जस्तो सम्मानित व्यक्तिको फोटो टासेर त्यसरी लात्तिले हानेर विरोध गर्नुलाई जायज भन्नुहुन्छ भन्ने सवालनेपालको प्रश्नको जवाफमा उक्त अभियानका दमक संयोजक दिपेन्द्र पौडेल भने हामी सम्मानित पदको सदैव सम्मान गर्छौं तर जसरी राष्ट्रघाती सम्झौताको संसदबाट पारित गर्नको निम्ति नेताहरू लागेका छन त्यसको हामीले विरोध गरेका हौं, ती व्यक्तिको हामीले विरोध गरेका होईनौ ।