काठमाण्डौं। कुवेतमा अलपत्र परेका नेपालीलाई कुवेत सरकारले यसै सातादेखि नेपाल ल्याइदिने भएको छ। कुवेत सरकारले आममाफी दिएका ३ हजार र अन्य नेपालीलाई यसै साताबाट फर्काइदिने कुवेतस्थित दूतावासले जनाएको छ ।

कुवेतबाट आगामी बिहीबार वा शुक्रबार पहिलो उडान नेपाल आउने परराष्ट्र स्रोतले जनाएको छ । कुवेतले पहिलो चरणमा आममाफी दिएका नेपालीलाई ल्याइदिनेछ। त्यहाँ करिब ३ हजार नेपालीले आममाफी पाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुलाई घरफिर्ती केन्द्रमा राखिएको छ। यस्तै अरु ५ हजारजति फर्किन चाहेको र उनीहरुलाई पनि त्यहाँका कम्पनीकै खर्चमा फर्काउने व्यवस्था गरिने जनाइएको छ । विदेशबाट फर्किनेलाई राख्न होल्डिङ सेन्टर र होटलहरु तयार गरिएपनि फर्काउँदा लागत बढी पर्ने भएपछि समस्या देखिएको छ।