झापा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका थप २८ जनासहित ५२ जना कोरोना जितेर घर फर्किएका छन् । प्रतिष्ठानका अनुसार १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरुषलाई डिस्चार्ज गरिएको छ । यसअघि झापाका २४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए ।

मङ्गलबारसम्म धरानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ । प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ११८ पुगेको छ । प्रदेश १ मा २७७ जना कोरोना पोजेटिभ छन् । कोरोना पुष्टि भएकामध्ये १५९ जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । झापामा कोरोना संक्रमितको संख्या १४८ पुगेको छ । (प्रदेशर्पोटल)