काठमाडौं। भारतले कब्जा गरेको नेपालको भू-भाग फिर्ता ल्याउन माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले नेपाल सरकारलाई १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो । रिट सार्वजनिक सरोकारको विषयसमेत भएकाले अग्राधिकार दिइ सुनुवाइ गर्नसमेत आदेश दिइएको छ ।
गत वैशाख २६ गते भारतले नेपालको दार्चुला जिल्लाको भू-भाम कब्जा गरेर सडक उद्घाटन गरेको थियो । भारतसँग वार्ता गरी वर्षौदेखि कब्जा भूमि फिर्ता ल्याउन सरकारका नाममा परमादेश जारी गर्न मुख्य माग राखी वैशाख २९ गते अधिवक्ताहरु दीपेन्द्र अधिकारी, केशरजंग केसी र लोकेन्द्र ओलीले रिट दायर गरेका थिए ।










