केबि महरा/काठमाडौ : भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले दिएको नेपाल प्रतिको अभिव्यक्ति निन्दनिय रहेको प्रधानमन्त्री केपि शर्मा ओलिले बताउनु भएको छ।
संसदहरुले सोधेका प्रशनहरुको जवाफ दिनेक्रममा एक प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलिले केहिदिन अघि भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपाल प्रती दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै सार्वभौम मुलुकका बारेमा संबंधित राष्ट्रको सार्वभौमसत्ता बिरोधि कुनैपनी किसिमका अभिव्यक्ति नदिन आग्रह गर्नु भएको हो ।
साथै नेपाल सराकर आफ्नो मिचिएको भुमी फिर्ता ल्याउन दृढ रहेको र राष्ट्रियताका सवालमा सरकार प्रती कुनैपनी आशंका नगर्न पनि आग्रह गर्नु भएको छ ।










