काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको कारणबाट मात्रै १५ जनाको मृत्यु नभएको बताउनु भएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । वहाँले भन्नु भयो,उनीहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको हो ।

कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण पाइएको पनि वहाँले उल्लेख गर्नु भयो । प्रधानमन्त्री ओलीले ८५ प्रतिशत नेपाली भारतबाट आएकामा कोरोना संक्रमण देखिएको बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालमा ४ हजार ८५ जनामा कोरोना देखिएको बताउँदै वहाँले ५ सय जना निको भएर घर फर्किएको पनि उल्लेख गर्नु भयो । नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको पनि प्रधानमन्त्री ओलीले बताउनु भयो ।

यस्तै विदेशका विभिन्न मुलुकमा रहेका १४ हजार ४ सय जना नेपालीमा कोरोना संक्रमण भएको र १३ मुलुकमा १ सय २७ नेपालीको मृत्यु भएको पनि प्रधानमन्त्रीले जानकारी जानकारी दिनु भयो ।