काठमाण्डौ - सांसद सरिता गिरीले सरकारले निसान छापमा नयाँ नक्सा राख्न संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको व्यवस्था खारेज गर्न माग गर्नुभएको छ ।

उहाँले विधेयकमा भएको नक्सासम्बन्धी व्यवस्था खारेजीको माग गर्दै औपचारिक सूचना दर्ता गराउनुभएको छ । उहाँले पर्याप्त प्रमाणबिना नयाँ नक्सा जारी भएको र संविधानको अनुसूचीमा समावेश गर्न लागिएको भन्दै संशोधनको सूचना दर्ता गराउनुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिनिधिसभाले सांसदहरुलाई संविधान संशोधन विधेयकमा संशोधनको सूचना दर्ता गराउन मङ्गलबारदेखि ७२ घण्टे समय दिएको छ । तर गिरीको पार्टी जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्ष लिएको छ । उज्यालो अनलाइन बाट