काठमाडौं : भारतले हडपेको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध संशोधनको सूचना दर्ता गराएकी सांसद सरिता गिरीलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कारबाही गर्ने चेतावनी दिएका छन्। बाबुरामले ट्वीटरमा लेख्दै देशको भौगोलिक खण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्‍याउने कार्य गर्न नहुने र कसैले गरे दण्डनीय हुने पनि बताएका हुन। ‘जनता समाजवादीपार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो। यसका नेताकार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन्जो,’ उनले लेखेका छन्, ‘कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन्।

कसैलाई कुनै भ्रम नहोस्।’ बाबुरामले समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंक अरगरियाले हस्ताक्षर गरेर संसदमा दर्ता गरेको सूचना फिर्ता लिन आग्रह गरिएको पत्र पनि सँगै पोस्ट गरेका छनु्। समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले पनि फेसबुक स्टाटस लेखेर सरिता गिरीलाई अनुशासनको दायरामा ल्याउनुपर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘विचार, विधान, विधि र प्रक्रियाले नचले पार्टीको प्रमुख नै भएपनि अनुशासनको दायरामा ल्याउनै पर्छ।’ श्रेष्ठले पार्टी कसैको निजी कम्पनीका र कार्यकर्ता कामदार हुन नसक्ने पनि बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड