चितवन । कोरोनाभाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउन जारी रहँदा नागरिकस्तरबाट सरकारका कामको विरोध विरोध हुन थालेको छ ।
यसैक्रममा चितवनको चौबीसकोठी चोकमा पनि बिहीबारशान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्नुपर्ने, १० अर्बको हिसाव किताव दिनुपर्ने, पीसीआर प्रविधिबाट परीक्षण गर्नुपर्ने लगायतका माग राख्दै विरोध गरेका हुन्।
भ्रष्टाचारलाई रोक्दै कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्ने माग उनीहरुको छ । आजै पोखरा र काठमाडौंलगायतका स्थानमा पनि सरकारविरोधी प्रदर्शन भएका थिए ।












