दमक। झापाको दमकमा प्रहरी र व्यवसायीहरुबीच लुकामारी चल्ने गरेको छ । पसलहरु खोल्ने नियमको उलंघन भएको छ । विहान ८ बजे देखी दिउँसो २ बजे सम्म मात्र खोल्न पाउने भनिएपनि कतिपय पसलहरु साँझ सम्म नै खोलिने गरिएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितसँग कुरा गर्दा वहाँले आँफूहरु जाँदा पसल बन्द गर्ने र हिड्ने वित्तिकै खोल्ने गरेको बताउनु भयो । वहाँले प्रहरी र व्यापारीहरुबीच लुकामारी जस्तै चल्ने गरेको पनि बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वहाँले बुझने व्यापारी व्यवसायीहरुले पसल नियम अनुसार नै खोल्ने र बन्द गर्ने गरेको भएपनि केहिले यस्तो गर्ने गरेको बताउनु भयो । वहाँले नागरिक आँफैले सुरक्षा अपनाउनु पर्ने पनि बताउनु भयो ।

३ दिन अघि मात्र जिल्ला समन्वय समितिमा समितिका सभापति सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको झापाका उद्योग बाणिज्य संघका अध्यक्ष,पदाधिकारी,नगर तथा गाउँपालिकाका प्रमुख,सुरक्षा निकायका प्रमुखहरु लगायतको बैठकले बढी भीडभाड हुने पसल तथा व्यापार व्यवसाय बाहेकका पसल संचालन गर्न विहान ८ बजे देखी २ बजे सम्मको समय तोकेको थियो ।