काठमाण्डौ – होटल व्यवसायी सङ्घ नेपाल (हान) ले कोरोना भाइरसकाे कारण विदेशबाट नेपाल आएर क्वरेण्टीनमा बस्ने नागरिकहरुलाई राखिने होटलको छनाेट गरेको छ ।

हाेटल सङ्घले विदेशबाट ल्याइने नेपालीहरुलाई क्वरेण्टीनकाे व्यवस्था गर्न होटलहरुको नामावली माग भए अनुसार एक सय २६ वटा होटलको सूची तयार पारेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सङ्घका अनुसार विदेशबाट आएका नागरिकहरुलाई काठमाण्डौका ५७ वटा, चितवनका २६ वटा र भैरहवाका ४३ वटा होटलमा राखिने भएको छ । क्षेत्रीय सङ्घ तथा इच्छुक अन्य होटलहरुको नामावली अद्यावधिक गरिने सङ्घले जनाएको छ ।