केबि महरा/ काठमाडौ: नेपालको संबिधान दोश्रो संशोधन बिधेयक माथिको छलफलमा बोल्दै नेकपाका संसदिय सदस्य डा. भिम रावलले नेपालको संविधान र मुलुकको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको रक्षाका निम्ति सबैले एकताबद्द भएर लाग्नुपर्ने बेला आएको बताएका छन् ।
देसको सिमाना रक्षार्थ तत्काल भारतिय फौँजलाई फिर्ता पठाउनकालागी प्रभावकारी कुटनितिक पहलको आवस्यकता रहेको औँल्याउँदै नेता रावलले देसको अस्मिता रक्षाका लागि हरेक तवरले तयार रहनुपर्ने समय आएको समेत बताएका छन् ।
आफ्नो भनाईलाई निरन्तरता दिँदै नेता रावलले, नेकपाले निसंदेह मुलुकको सार्वभौमिकताको रक्षाका लागि हर सम्भव प्रयत्न गर्ने र जसका लागि सम्पुर्ण नेपाली जनताहरुको देशभक्ती भावनाको कदर गर्न एकताबद्द भएर लाग्नुपर्ने बेला आएको छ ,भनेका छन् ।
उनले सौहार्दपुण व्यवहारमा छिमेकी मुलुकहरु समेतलाई संयमित बन्न र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न समेत आग्रह गरेका छन् ।
भारतिय पक्ष द्वारा हाम्रो सिमाना सदियौँ देखि पटक- पटक अतिक्रमण हुँदै आएकोले समस्याको स्थायी समाधानका लागि दुबै देसको सिमानालाई थप ब्यबस्थित बनाउनका लागि अन्तरास्ट्रिय कानुन अनुसार देशको सिमाना नियमन गर्ने बेला आएकोले संबन्धित पक्षले अबिलम्ब सोच्नु पर्दछ,भनि सुझाएका छन् ।
फरक प्रसंगमा बोल्दै पुर्व गृहमन्त्री तथा नेकपा सांसद डा. रावलले कवि लक्ष्मी प्रसाद देवकोटालाई आफुले बेला-बेला स्मरण गर्ने गरेको छु भनेका छन् ।कवि देवकोटाले लेखेको कबिता बाचन गर्दै उनले अघि भनेका छन्,"चुलिन्छ कहाँ उचाई हाम्रो हिमालै नरहे ,रहौँला कहाँ नेपाली हामी नेपालै नरहे ।










