दमक। झापाको दमकमा सरकार विरुद्ध मौन प्रदर्शन गरिएको छ । स्वत स्फुर्तरुपमा उपस्थित भएको बताउने उनीहरुले विभिन्न नारा सहितको प्लेकार्ड बोकेका थिए । म सरकार विरोधि होइन तर तिम्रा केहि काम यस्ता अपाच्य छन कि म पाचक खाँदापनि पचाउन सक्दिन् । तर कतिपय प्लेकाड यस्ता थिए जुन सरकारलाई घच्घच्याउन र जनता प्रति उतरदायी हुन प्रेरित गर्ने ।

जस्तो नेपालको सरकार अर्बैको भ्रष्टाचार कोरोनाको उपचार अदुवा,लसुन र बेसार, नो पिसीआर । यो नाराले सरकारलाई अहिले विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाइरसलाई कम्जोर नठान्न र जनताप्रति जबाफदेहि हुन सुझाव दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले पिसीआर टेष्टको दायरा नबढाउदा समस्या झन झन विकराल बन्दै गएको छ भन्ने मुलुक भर नै आवाज उठ्न थालेको छ । त्यस्तै अर्को नारा थियो, संविधान मान्छौ तर भ्रष्ट नेताको आदेश होइन् । यसले युवा पुस्ताले भ्रष्ट नेता मान्दैनन् भन्ने देखाउँछ ।

जुन नेतालाई सच्चिनका लागि खबरदारी पनि हो । त्यस्तै सरकारले नयाँ नक्शा जारी गरेकोमा धन्यवाद लेखिएको प्ले कार्ड पनि उनीहरुले बोकेका थिए । उनीहरुले व्यक्तिगत दुरी कायम गरि प्रदर्शन गरेका थिए ।

आज संसदमा सरकारले केहि दिन अघि जारी गरेको नयाँ नक्शामाथिको छलफल तथा मतदान हुने दिन भएकालेपनि आज विरोधको कार्यक्रम आयोजना नगर्न पनि भनिएको थियो ।आज नयाँ नक्शाले मान्यता पाए नेपालको नयाँ नक्शा निशान छापमा प्रयोग हुने छ । सरकारको कार्यशैलीमा चित्त नबुझाएका युवाहरुले केहि दिन यता देशभर नै प्रदर्शन जारी राखेका छन।