पर्वत। पर्वतको कुश्मामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । कुश्मा नगरपालिका ३, दुर्लुङमा पहिरो पहिरो गएको हो । शनिबार रातिसम्म ३ जनाको मात्रै शव प्राप्त भएकोमा आज बिहान थप २ जनाको शव भेटिएको स्थानीय गणेश गुरुङले जानकारी दिनुभयो।

वहाँका अनुसार पहिरोमा हराइरहेकी ७ वर्षीया प्रमिशा विकको शव पुरिएको अवस्थामा भेटिएको हो। यसअघि उनकी आमा कमला विकको पनि शव फेला परेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि पहिरोमा पुरिएर मृत्यु भएका ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया नातिनी विविशाको शव भेटिएको थियो।

पहिरोमा पुरिएर चार जना अझै बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको उद्धारमा खटिएका गुरुङले बताउनु भयो।