पर्वत। पर्वतको कुश्मा नगरपालिका-३ दुलुङमा शनिबार राति गएको पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले जानकरी दिनुभयो । एक जनाको खोजी कार्य भइरहेको छ ।

नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा उद्धार भइरहेको प्रहरी प्रमुख अधिकारीले बताउनु भयो । हिजो साँझ देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर पशुचौपायको पनि मृत्यु भएको छ ।