केबि महरा/काठमाडौं: अब देखि काठमाडौं उपत्यका प्रवेश गर्नका लागि यहाँको नगरपालिकाको अनुमति अनिवार्य गरिएको छ । गृह मन्त्रालयमा आइतबार बसेको बैठकले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि आफू बसोबास गरिरहेका नगरपालिकाको अनुमति अनिवार्य चाहिने व्यवस्था गरेको हो ।
सम्बन्धित नगरपालिकाले उपत्यका प्रवेशका लागि अनुमति दिएपछि उक्त अनुमति पत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्ने गृहले निर्णय गरेको हो ।
त्यस संङ्गै आगामी दिन बाट जिल्ला प्रशासन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजात समेत विचार गरी पास जारी गर्न सकिने जनाइएको छ ।
साथै काठमाडौ उपत्यकाबाट बाहिर जान चाहने हरुको हकमा समेत अत्यवश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिन सकिने पनि गृहले निर्णय गरेको छ ।
काठमाडौं उपत्यकाभित्र जोर विजोर प्रणाली लागू भइसकेकोले जिल्लाभित्रको पास हाललाई बन्द गरिएको पनि जानकारी गराइएको छ ।










