बिर्तामोड । झापाको झापा गाउँपालिका १ लसुनामा सशस्त्र प्रहरी र भारतीय तस्करहरुबीच घम्साघम्सी परेको छ । गएराती भारतीय तस्करले हार्डवेयरका सामग्री नेपाल छिराउन खोज्दा सशस्त्रले नदिएपछि गस्तिमा रहेका सशस्त्र र तस्करबीच घम्साघम्सी जस्तो मात्र भएको सशस्त्र प्रहरी बल २ नम्बर गणका गणपति एसपी रेशम थक्सुले सवाल नेपाललाई बताउनु भयो ।
सशस्त्रलाई भरतीय तस्करहरुले घिसार्दै लगेछन नी ? भनि सोधिएको प्रश्नमा एसपी थक्सुले यस्तो जबाफ दिनु भएको हो । वहाँले सशस्त्रले तस्करहरुलाई रोक्ने काम गरेको प्रष्ट पार्नु भयो ।
वहाँले भन्नु भयो तस्करहरुलाई सशस्त्रले छिर्न दिने कुरा आएन् । उनिहरुलाई सामान छिराउन रोकेको हो । यथार्थ यहि हो । उनिहरुले ठुलो परिमाणमा मोटरपार्टस र सुर्ति जन्य पदार्थ, रुख काट्ने विद्युतीय आरा र सोका अन्य सामान, पानी तान्ने ठूला मेशिन र तिनका सामानहरु ल्याएको र सो बरामद गरिएको एसपी थक्सुले जानकारी दिनुभयो ।
वहाँका अनुसार तस्करले नेपाली भूभागमा तस्करी गरेर ल्याएका सामान छरिएका छन्। यो घटनाले लसुना क्षेत्रमा भारतीयको दादागिरी नियन्त्रणमा अझै समस्या भइरहेको देखिएको छ ।










