अर्घाखाँची। यहाँको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन्। शितगंगा नगरपालिका वडा नम्बर ५ स्थित हरी माविको क्वारेन्टाइनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले आज विहानपख झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो।

विहान ३ बजेतिर आफुसँगै रहेका दुईजनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई आत्महत्या गरेको बुढाथोकीले जानकारी दिनुभयो। उनी क्वारेन्टाइन रहेको विद्यालय परिसरमा रहेको रुखमा तन्नाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत जेठ १० गते भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका उनको आरडिटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको भएपनि पिसिआर रिपोर्ट भने आइनपुगेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो।

गत जेठ २६ गते पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि भैरहवा लगिएको भएपनि उनको रिपोर्ट अझैसम्म आइनपुगेको पनि अधिकारीले जानकारी दिनुभयो।

पिसिआर रिपोर्ट नआईपुगेको कारण अहिलेपनि उनको शव रुखमै झुण्डिएकै अवस्थामा रहेको छ। नगरप्रमुख अधिकारीले स्वावको रिपोर्ट नआउँदासम्म शव त्यतिकै रहने बताए।